Tag Archives: featured

ग्रीन डेभलपमेन्ट बैंकको शाखा पोखराको बागमारामा

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका वडा न.-३३ बागमारा पोखरामा शाखा बिस्तार गरेको छ ।उक्त साखा उद्घाटनपोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले  गरेका हुन् । घरमा रहेको पैसा बैंकमा जम्मा गर्दा रकम सुरक्षित हुने, उत्पादनशील क्षेत्रमा बैंक मार्फत उपयोग हुने तथा ब्याज समेत आर्जन हुने भएकोले बैंकमा रकम जम्मा गर्ने बानी बसाल्न मेयर जि.सीले सबैमा आग्रह गरे ।   बैंकले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा …

पुरा पढ्नुहॊस »

पाँच वर्ष ढिलो गरी बल्ल पुग्यो टुलिङमा बिजुली

हुम्ला । सिमकोट गाउँपालिका–७ टुलिङमा बिजुली पुगेको छ। हिल्दुम वितरण केन्द्रबाट बिजुली लगिएपछि गाउँका ३१ घरधुरीले शनिबार साँझदेखि बिजुली बत्ती बाल्न पाएका हुन् ।  टुलिङ गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउन पहिलो किस्ता ९० हजार र दोस्रो किस्ता एक लाख ५७ हजार रुपैयाँ खर्च गरिएको छ। २०७० मा टुलिङ गाउँका ३१ घरधुरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखे पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण बिजुली ढिलो पुगेको स्थानीय नन्द शाहीले बताए। ढिलै …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक तेह्रौं वर्षमा

काठमाडौं  ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमासिक अवधिसम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिभित्र १ अर्ब ४९ करोड १४ लाख सञ्चालन नाफा र १ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे …

पुरा पढ्नुहॊस »

लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आगामी वैशाख २५ गते विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको २० प्रतिशत (अर्थात १० बराबर २ अनुपातले) हकप्रद सेयर जारी गर्न एकाएक विशेष साधारणसभाको मिति तोकेको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । उक्त विशेष साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले आगामी वैशाख १५ गते …

पुरा पढ्नुहॊस »

एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौँ । नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) र कामना सेवाविकास बैंक बीचसमझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवाविकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । समझौता पत्रमा कामना सेवाविकास बैंक लि. का १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको ढुङ्गाअड्डामा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले  नयाँ शाखा   काठमाडौंको ढुङ्गाअड्डामा  विस्तार  गरेको छ । उक्त नयाँ शाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे । हालसम्म बैंकले १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत ६ लाख बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ लगायतका सेवाहरु प्रदा नगर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले गर्यो सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उक्त बस बिसौनीको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापना काल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको कुरा जानकारी गराएको छ । उक्त …

पुरा पढ्नुहॊस »

टाटा मोटर्सको ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ संचालन गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको आयोजनता तथा म्याक लुब्रिकेन्ट्सको सहकार्य भएको उक्त सार्क स्तरीय प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समुहमा ३–३) सहभागी भएका थिए । सेवा सल्लाहकार …

पुरा पढ्नुहॊस »

एनसेलले ल्यायो एसईई विद्यार्थीहरुका लागि पहिलो सिम

काठमाडौं । एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माई फाइभ समाविष्ट छन् । विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसईईको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक  र ब्लु क्रस हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र ब्लु क्रस हस्पिटल बीच सम्झौता भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ब्लु क्रस हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत कृष्ण श्रेष्ठबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ब्लु क्रस हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds