काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । साताको चौथो कारोबार दिन सुनको मूल्य तोलामा ८ सयले बढेको हो ।
यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको हो ।
तपाईंको प्रतिकृया




