पाँच वर्ष ढिलो गरी बल्ल पुग्यो टुलिङमा बिजुली

हुम्ला । सिमकोट गाउँपालिका–७ टुलिङमा बिजुली पुगेको छ। हिल्दुम वितरण केन्द्रबाट बिजुली लगिएपछि गाउँका ३१ घरधुरीले शनिबार साँझदेखि बिजुली बत्ती बाल्न पाएका हुन् ।  टुलिङ गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउन पहिलो किस्ता ९० हजार र दोस्रो किस्ता एक लाख ५७ हजार रुपैयाँ खर्च गरिएको छ।

२०७० मा टुलिङ गाउँका ३१ घरधुरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखे पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण बिजुली ढिलो पुगेको स्थानीय नन्द शाहीले बताए।

ढिलै भए पनि अन्धकारबाट उज्यालो देख्न पाउँदा खुशी लागेको स्थानीय बासिन्दाले बताए। गाउँमा पाँच वर्षपछि बिजुली पुगेपछि घरायसी काम गर्न र राति बालबालिकालाई लेखपढ गर्न सहज भएको वीरबहादुर शाहीले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो

काठमाडौं । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds