राष्ट्रिय वाणिज्य बैंकद्वारा कोषमा दुई करोड रुपैयाँ हस्तान्तरण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले मंगलबार सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बैंकप्रति धन्यवाद दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत गराए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा रु एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds