अब उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुट्ने

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । काठमाडौँबाट छुट्ने सवारीसाधनलाई उज्यालोमै नारायणगढसम्म पु¥याउने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गरिएको छ । मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा भएको छलफलले १० बुँदे निर्णय गरेको हो ।

बैठकले मध्यम र लामो दुरीका सवारीसाधनमा प्राथमिक उपचार सामग्री, पिउने पानी, र आपतकालीन खाना राख्नुपर्ने निर्णय गरेको छ। बाढीपहिरोबाट ज्यान गुमाएका यात्रु र मजदुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, उनीहरूको क्षतिपूर्ति माग्ने निर्णय गरिएको छ ।

सडक अवरुद्ध भएका यात्रुलाई तत्काल उद्धारका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको छ भने जोखिम न्यूनीकरणका लागि अनावश्यक यात्रा नगर्न पनि आग्रह गरिएको छ ।

सडकको अवस्थाबारे नियमित जानकारी नेपाल प्रहरीको फेसबुक पेजमार्फत सार्वजनिक गरिने र वैकल्पिक मार्ग पहिचान गरी सवारी सञ्चालनको सूचना विभागको वेबसाइटमा राख्ने निर्णय गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस

This will auto close after