काठमाडौं । सीजी मोटर्सले दसैँमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ।विद्युतीय गाडी किन्न चाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुनेछ। कम्पनीले धेरै आकर्षक छुट र फाइदाहरू ल्याएको जनाएको छ।
अफरअनुसार नेटा भी किन्दा ग्राहकहरूले ५० हजार रुपैयाँसम्मको निश्चित नगद छुट पाउनेछन्। साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ।
यसबाहेक नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन्।यस अफ रले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउनेछ।
कम्पनीले नेटा एक्स खरिद गर्दा १ लाखसम्मको नगद छुट पाउन सकिने जनाएको छ।
तपाईंको प्रतिकृया




