Tag Archives: featured

लक्ष्मी बैंकको शाखा पोखराको अमरसिहं चोकमा

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा  पोखराको अमर सिहं चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बंैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । बैकको सञ्जाल ४८जिल्लामा ११०शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन् ।

पुरा पढ्नुहॊस »

नबिल बैंक र लायन्स क्लबबीच सम्झौता

काठमाडौं । नबिल बैंक र लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यलाई नबिल भिसा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतासँगै नेपालका लायन्स सदस्यले नबिल बैंकको क्रेडिट कार्ड लिन पाउनेछन् । साथै, कार्डबापत क्लबको हरेक सामाजिक कार्यमा बैंकको सहकार्य रहने बताइएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका नायब महाप्रबन्धक विनयकुमार रेग्मीले यस सहकार्यले सामाजिक कार्यमा बैंकको पनि भूमिका रहने जानकारी दिए । लायन्स मल्टिपल डिस्ट्रिकका तर्फबाट चेयरपर्सन डीआर खनालले नबिल …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकका भिसा होल्डरलाई ग्राण्डी अस्पतालमा विशेष छुट

काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडका भिसा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका व्यवसाय तथा बजार प्रमूख दिनेश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा नवलपुर कावासोतीमा शाखा बिस्तार

नवलपुर । सनराइज बैंकले नवलपुर स्थित कावासोतीमा शाखा बिस्तार गरेको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्धानिया थारु र संचालक समिति सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रmपमा उद्घाटन गरेका हुन् । यो समेत गरी बैंकको शाखा संख्या ११२ पुगेको छ ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया पून चयन

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको १४९ औं बैठकले संचालक समितिको अध्यक्षमा रतनलाल केडियालाई चयन गरेको छ । केडिया यस अघि पनि अध्यक्ष रहेका थिए । यही जेठ १३ गते सम्पन्न कम्पनीको १७ औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा रतनलाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि निर्बिरोध निर्वाचित गरेको थियो ।

पुरा पढ्नुहॊस »

नबिल बैंकका ग्राहकलाई बिराटनगर अस्पतालमा विशेष छुट मिल्ने

काठमाडौं । नबिल बैंकका ग्राहकलाई बिराटनगर  अस्पतालमा विशेष छुट मिल्ने भएको छ । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर  अस्पतँलमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र बिराटनगर  अस्पतँल (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बिराटनगर  अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ । नबिल बैंकका बिराटनगर …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकलाई नेपाल मेडीसिटी अस्पतालमा ७% छुट

काठमाडौं ।एभरेष्ट बैंकले नेपाल मेडीसिटी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न सम्झौता भएको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा–सुविधाहरुमा ७% छुट पाउँन सक्नेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिसा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको सहयोग बाराका हुरीबतासपीडितलाई

काठमाडौँ । एनआईसी एशिया बैंकले बारा तथा पर्सा जिल्लालगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबतास पीडिततलाई विभिन्न सामान सहयोग गरेको छ । बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडितकालागि अत्यावश्यक राहत सामग्री सहयोग स्वरुप बैंकले ३ सय थानझुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न प्रदान गरेको छ । उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोदकुमार प्याकुरेलले हस्तान्तरण गरे । राहत सामग्री हस्तान्तरण क्रार्यक्रममा …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको शाखा रुपन्देहीको मणिग्राममा

काठमाडौँ । सनराइज बैंकले रुपन्देही स्थित मणिग्राममा  शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन  तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्तरुपमा गरे । सनराइज बैंकको शाखा संख्या १११ वटा पुगेको छ ।

पुरा पढ्नुहॊस »