Tag Archives: featured

प्लस टु पढ्न सानिमा बैंकले छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

काठमाडाैँ । सानिमा बैंकले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । विगत ७ वर्ष देखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आवेदन खुला गरेको हो । यसरी दिनुहोस् आवेदन  विद्यार्थीले काठमाडौँ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । छात्रवृत्ति आवेदन साउन १० गतेसम्म दिन …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकका ग्राहकलाई पोखराको चरक अस्पतालमा विशेष छुट

काठमाडाैँ । पोखराको चरक मेमोरियल अस्पताल प्रा.लि.मा गरिमा विकास बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । यस सम्बन्धम बैंक र अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार, चरक अस्पतालमा उपचार गराउँदा गरिमाका ग्राहकले सम्पूर्ण प्रकारका उपचार शूल्कमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका थिए ।

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बिमा व्यबसाय विस्तार गर्ने बारे बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै लुम्बिनी विकास बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने बिमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा लुम्बिनी विकास बैंकको ६५ वटै शाखाहरुबाट लिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

सांग्रिला बैंकको शाखा सिमकोट हुम्लामा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो ८६ औं शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँपालीकाका अध्यक्ष पदम बहादुर लामाले सयूक्त रुपमा गरेका हुन् । कार्यक्रममा उधोग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङ, सिमकोट गाउँपालिका वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकाया, हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा थहिटिमा सुविधा सम्पन्न भवनबाट कारोबार सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थहिटि शाखा कार्यालय हाल रहेको भवन (काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १७) नजिक सोहि वडामा रहेको शिवजी भवनमा स्थानान्तरण गरि बैंकिङ्ग कारोबार संचालन गरेको छ । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको सर्पोट सेवा सञ्चालन

काठमाडौँ । एन आई सी एशिया बैंकले  ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ । एन आई सी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरु समेत प्राप्त गर्न सकिनेछ ।   सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाईभ च्याटमार्फत् सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत् सुझावसमेत राख्न एवम् बैंकको सेवासम्बन्धी सूचना र …

पुरा पढ्नुहॊस »

एकै साथ ६ शाखाहरुबाट कारोवार सुभारम्भ

काठमाडाैँ ।देशको ग्रामीण तह सम्म बंैकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको यस जनता बैंक नेपालले एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यका बाहिरमा बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा …

पुरा पढ्नुहॊस »

शाखा सञ्जाल बिस्तार गर्दै सनराइज बैंक, देशभर ११० पुग्यो

काठमाडौँ । सनराइज बैंकले आइतबार गोदावरीेमा शाखा बिस्तार गरेको छ । नगरपालिकाको मेयर हरिसिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी  निर्देशक लक्ष्मीप्रपन्न निरौलाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । सोही दिन बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पनौतीका मेयर भिम न्यौपानेले गरेका हुन् । उक्त कार्यक्रममा संचालक समितिका सदस्य ओमकृष्ण जोशी र ई. बच्छराज तातेडको उपस्थिति थियो । यसैबीच, बैंकले …

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा हावाहुरी पीडितलाई सहयोग

महेन्द्रनगर । प्रभु बैंकको धनगढी शाखाले गत जेठमा आएको हावाहुरीबाट पीडित समुदायलाई आर्थिक सहयोग गरेको छ । बैंकले राहतस्वरूप रू. १ लाख सहयोग गरेको शाखा प्रबन्धक रविकान्त जोशीले बताए । सहयोग कार्यक्रममा शाखा प्रबन्धक जोशी र बैंकको प्रादेशिक कार्यालय प्रमुख नन्दराज जोशीले उक्त चेक हस्तान्तरण धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप ओडलाई हन्तान्तरण गरेका थिए ।

पुरा पढ्नुहॊस »

लक्ष्मी पोखरी पुननिर्माणमा नेपाल बंगलादेश बैंकद्वारा ९ लाख सहयोग

काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला इपाटोल स्थित ऐतिहासिक लक्ष्मी पोखरीको रु नौ लाख बहत्तर हजार रकमको लागतमा पुननिर्माण गरेको छ । शनिबार नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयूक्त रुपमा ऐतिहासिक लक्ष्मी पोखरीको उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैँकले सदैव आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरी मान्दै …

पुरा पढ्नुहॊस »