काठमाडौँ । एनआईसी एशिया बैंकले बारा तथा पर्सा जिल्लालगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबतास पीडिततलाई विभिन्न सामान सहयोग गरेको छ । बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडितकालागि अत्यावश्यक राहत सामग्री सहयोग स्वरुप बैंकले ३ सय थानझुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न प्रदान गरेको छ ।
उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोदकुमार प्याकुरेलले हस्तान्तरण गरे ।
राहत सामग्री हस्तान्तरण क्रार्यक्रममा संचालकले जनधनको धेरै क्षतिपुगेका बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका सर्वसाधारण यतिबेला राहतको आशामा बसेका आफुले पाएको उल्लेख गर्दै एनआईसी एशिया बैंकले गरेको यो सानो सहयोगले उक्त क्षेत्रका पीडित जनताकालागि तत्काल केही राहत पुग्ने विश्वास बैंकले लिएको छ ।




