नबिल बैंक र लायन्स क्लबबीच सम्झौता

काठमाडौं । नबिल बैंक र लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यलाई नबिल भिसा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतासँगै नेपालका लायन्स सदस्यले नबिल बैंकको क्रेडिट कार्ड लिन पाउनेछन् । साथै, कार्डबापत क्लबको हरेक सामाजिक कार्यमा बैंकको सहकार्य रहने बताइएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका नायब महाप्रबन्धक विनयकुमार रेग्मीले यस सहकार्यले सामाजिक कार्यमा बैंकको पनि भूमिका रहने जानकारी दिए । लायन्स मल्टिपल डिस्ट्रिकका तर्फबाट चेयरपर्सन डीआर खनालले नबिल बैंकप्रति आभार व्यक्त गर्दै फाइदा लिन सम्पूर्ण लायन्स सदस्यलाई आग्रह गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री