काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको १४९ औं बैठकले संचालक समितिको अध्यक्षमा रतनलाल केडियालाई चयन गरेको छ ।
केडिया यस अघि पनि अध्यक्ष रहेका थिए । यही जेठ १३ गते सम्पन्न कम्पनीको १७ औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा रतनलाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि निर्बिरोध निर्वाचित गरेको थियो ।
तपाईंको प्रतिकृया




