Tag Archives: featured

२० वर्षमा माछापुच्छ्रे बैंक

काठमाडाैं । माछापुच्छ्रे बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाएको छ । सन् २००० मा पोखरामा स्थापना भएको बैंक १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ। १९ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न १९ प्रकारका विशेष सुविधाहरु दिंदै आएको बैंकले जानकारी दिएको छ। बैंकिङ्ग कारोबार शुरु गरेको १९ वर्ष पुरा गरी २० औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो …

पुरा पढ्नुहॊस »

बडा दसैँमा सिटिजन्स बैंकको नगद काउन्टर संचालन हुने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ बडा दसैँका सम्पुूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । बैंकले आश्विन १८, १९, २० र २२ गते काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । ३६५ दिन बैंकिंग सेवा प्रवाह गर्ने …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले भक्तपुरको कमलबिनायकमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा असोज १५ गते आन्ट्रप्रन्योर नेपालसँग सहकार्य गर्दै भक्तपुरको कमलबिनायकमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यवस्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको हो । कार्यक्रममा त्यस क्षेत्रका ४० भन्दा बढी साना तथा …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ७ शाखाको एकैदिन उद्घाटन

काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना सात नयाँ शाखाहरूको उद्घाटन समारोह सम्पन्न गरेको छ । काठमाडौँ स्थित नयाँ वानेश्वर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप जबरा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालले संयुक्त रूपमा गरेका हुन् । यसैगरी, कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेलज्यू र कीर्तिपुर नगरपालिका ९ का वडाअध्यक्ष गंगाराम महर्जनद्वारा सम्पन्न भएको हो । साथै, …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहनुभएका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सुर्य प्रसाद वराललाई क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रमुख वावुराम ढकाल, बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु बैकिङ्ग प्रमुख धु्रव राज घिमिरे …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक कोटेश्वर शाखाले गर्यो शुभकामना आदान प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोटेश्वर शाखाको आयोजनामा नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, क.म.न.पा. वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली, कोटश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापा, स्थानीय समाजसेवी कृष्णबहादुर के.सी., बैंकका पूर्व नायब …

पुरा पढ्नुहॊस »

सिटिजन्सद्वारा एकैदिन काठमाडौँमा दुई शाखा विस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८३ औं शाखा काठमाडौँको लामबगर र ८४ औं शाखा काठमाडौँको सिनामंगल संचालनमा ल्याएको छ । असोज १५ गते उक्त शाखा कार्यालयहरुमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यी शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक …

पुरा पढ्नुहॊस »

श्री लालीगुराँसले मनायो २१ औं वार्षिकोत्सव, ६ स्थानमा सेवाकेन्द्र थप्नेखोल्ने घोषणा

काठमाडौं ।  श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाले केक काटेर वार्षिकोत्सव मनाएका हुन् । उक्तकार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१ औंं वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १, नवलपुर मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४८ पुगेको छ ।

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा महाराजगञ्जमा वृक्षारोपण

काठमाडौं । ज्योति विकास बैंकले बुधबार काठमाडौंको महाराजगञ्जमा वृक्षारोपण गरेको छ। काठमाडौं महानगरपालिका र वडा नं ३ महाराजगञ्जसँगको सहकार्यमा ज्योति विकास बैंकले महाराजगञ्ज देखि न्युरो अस्पतालसम्म ४० वटा वृक्षारोपण गरेको छ। कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र वडा नं ३ महाराजगञ्जका वडाध्यक्ष दिपक केसीले संयुक्त रुपमा वृक्ष रोपेका थिए। काठमाडौं महानगरपालिकाको हरियाली प्रवर्द्धन निति अनुरुपको सो कार्यक्रममा ज्योति विकास बैंक अन्तर्गतको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds