श्री लालीगुराँसले मनायो २१ औं वार्षिकोत्सव, ६ स्थानमा सेवाकेन्द्र थप्नेखोल्ने घोषणा

काठमाडौं ।  श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाले केक काटेर वार्षिकोत्सव मनाएका हुन् ।

उक्तकार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१ औंं वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरुअघि बढाउदै लैजाने बताए।

संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै उनले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने बताए ।

संस्था स्थापना भएको दुई दशकमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा देशकै सर्वाधिक ठूलो गाई फार्म संचालन गरेको छ । अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्था मार्फत आफ्नै भवनमा अस्पताल संचालन गर्ने तयारी गरेको संस्थाले जनाएको छ ।

३६ जिल्लामा सदस्य सुविधा संचालन गर्ने अनुमति पाएको संस्थाले यो वर्ष करिब आधा दर्जन जिल्लामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको भण्डारीले बताए । संस्थाको प्रगतिमा साथ दिने सदस्यलाई आगामी दिनहरुमा संस्थाबाट प्रदान गरिने सेवा सुविधाहरु थप प्रभावकारी रुपमा प्रदान गरिने संस्थाले जनाएको छ ।

गएको वर्ष ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश ३ बाट श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाले ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । चालु वर्षभित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगंज, भक्तपुरको सुर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds