बडा दसैँमा सिटिजन्स बैंकको नगद काउन्टर संचालन हुने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ बडा दसैँका सम्पुूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

बैंकले आश्विन १८, १९, २० र २२ गते काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

३६५ दिन बैंकिंग सेवा प्रवाह गर्ने योजना अन्तर्गत बैंकले विजया दशमीको दिन (आश्विन २१ गते) काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ ।

उल्लेखित शाखाहरुबाट सेवाग्राहीहरुले बिहान ११ः०० बजे देखि दिउ‘सो २ः०० बजे सम्म नगद काउन्टरको सेवा लिन सक्नुहुनेछ । साथै विजया दशमी २०७६ को शुभ अवसरमा आफ्ना समस्त ग्राहक महानुभाव, शेयरधनी एवम् शुभचिन्तकहरुमा बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds