Tag Archives: featured

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५ नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५% व्याजदर सहित प्रति ऋणपत्र १,००० कायम भएको उक्त ऋणपत्र मंसिर १८ गते देखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो । ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरे । सूचिकरण पछि १० वर्षमा …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंककोे नयाँ विस्तारित काउण्टर कपिलवस्तुको कृष्णनगरमा

कपिलवस्तु । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि विस्तारित काउण्टरमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा कपिलवस्तुको कृष्णनगर विस्तारित काउण्टर संचालनमा ल्याएको छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगर विस्तारित काउण्टर यही मंसीर १८ गतेबाट सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले …

पुरा पढ्नुहॊस »

‘सेल्फी किङ्ग’ को टिजर सार्वजनिक

काठमाडाैँ ।  फिल्म ‘सेल्फी किङ्ग’ को टिजर सार्वजनिक भएको छ ।फिल्म ‘सेल्फी किङ्ग’ लाई सुभाष थापा र दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका छन्। फिल्मको मुख्य भूमिकामा बिपिन कार्की छन्।

पुरा पढ्नुहॊस »

टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सुसम्पन्न

काठमाडौं ।नेपालका लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा आयोजना गरेको टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएको छ । रेस ट्रयाक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगीहरुले उक्त रेस ट्रयाकमा टिभिएस मोटरसाईकल कुदाएर अविस्मरणीय अनुभव सङ्गालेका छन् । अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि२५ जना प्रतियोगीहरु लगायत टिभिएसको व्यवस्थापन टोली नेपालबाट मङ्सिर १४ गते मद्रासका लागि प्रस्थान गरेका थिए …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा काठमाडौंस्थित जरङ्खुमा

काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो १०५औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उक्त नयाँशाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उप–प्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम् ब्राण्ड एम्बेसेडर द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए …

पुरा पढ्नुहॊस »

बुधबार साँझदेखि १९ गते मध्यरातसम्म ग्लोबल आईएमई र जनता बैंकको कारोबार बन्द हुने

काठमाडाैं । मर्जकाे अन्तिम तयारीमा रहेका  ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका छन् । ग्लाेबल आइएमईमा जनता गाभिएर मंसिर २० गतेदेखि एकिकृत काराेबार गर्दैछन् । एकीकृत कारोबार थाल्नु पूर्व दुवै बैंकको सिस्टम डेटा माइग्रेट गर्नुपर्ने भएकाले सेवा बन्द रहने बताएको छ । दुबै बैंकले मंसिर १८ गते बुधबार बैंकका शाखाहरुबाट प्रदान हुँदै आएको अतिरिक्तर सन्ध्याकालिन काउन्टर सेवा बन्द हुने …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकले पायो जर्मनीको टभ राइल्यान्डबाट आईएसओ प्रमाणपत्र

काठमाडौं । एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक बनेको छ । बैंकलाई यसका ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको हो । टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्र्ट गटफ्रिद फरम्यानले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । १४५ वर्षअघि स्थापना भएको …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन आएको छ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहितकारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको हो । यस अभियानमा हाल सम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एनटिसी, एनसिएल, स्मार्ट सेल मोवाइलमा टप अप गर्दा पहिलो पटक टप अप गरेको रकमको २० प्रतिशत …

पुरा पढ्नुहॊस »

युनाईटेड इन्स्योरेन्सका ग्राहकले एसआरएल डायग्नो स्टिक्सको सेवा सुविधामा छुट पाउने

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कं. (नेपाल)का ग्राहकले एसआरएल डायग्नो स्टिक्स नेपाल प्रा. लि.को सेवा सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच मंगलबार द्धिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा युनाईटेड इन्स्योरेन्सका का.मु. प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराई र एसआरएल डायग्नो स्टिक्स नेपालका आधिकारिक प्रतिनिधि रविन्द्र रत्न तुलाधरले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएसँगै एसआरएल डायग्नो स्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परिक्षण गर्दा युनाईटेड इन्स्योरेन्स कम्पनीका …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै एनआईसी एसिया बैंकबाट अजोड इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एनआईसी. एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जानकारी दिएको छ …

पुरा पढ्नुहॊस »