Tag Archives: कांग्रेस

कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित

नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएका छन्। प्रवक्ता प्रकाशशरण महत संयोजक रहेको उक्त समितिमा सदस्य मनोनयन गरिएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार (चैत १५ मा) सम्पन्न बैठकको निर्णय अनुसार ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल बताए ।

पुरा पढ्नुहॊस »

कांग्रेसले स्थानीय तह निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा गठबन्धन गर्ने

कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए। गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको हो। गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ। पार्टीको …

पुरा पढ्नुहॊस »

चुनावी गठबन्धनबारे कांग्रेसले भाेलि निर्णय लिने

नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ। काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘आजको बैठकमा बोल्ने क्रम सकियो । केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभयो । भोलि ३ बजे बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ प्रवक्ता महतले भने । आजको बैठकमा घर घर जाउँ नेपाली कांग्रेस जिताउँ अभियानको समेत मूल्यांकन गरिएको थियो । अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए। स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन्। बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ। आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन्। कांग्रेसमा १४ जना पदाधिकारी छन्। धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने …

पुरा पढ्नुहॊस »

कांग्रेसले स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवार चैतमै टुंग्याउँछः प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने बताएका छन्। उम्मेदवारहरूको टुंगो लगाउन केन्द्रदेखि पालिका तहसम्मै संसदीय समितिको व्यवस्था विधानमै रहेको र समितिले उम्मेदवार टुंगो लगाउन ढिला नगर्ने बताए। उम्मेदवार छनोटबारे तल्लो तहमा नटुंगिएको विवाद भने केन्द्रले टुंगो लगाउने पनि बताए । तर, सर्वसम्मतरूपमा राम्रा मान्छेलाई उम्मेदवार बनाउन आग्रह गरे। उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताए। नेपाली कांग्रेसले …

पुरा पढ्नुहॊस »

कांग्रेस चितवनको अधिवेशन शुक्रबार हुँदै

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ। विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो। कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए। उनका अनुसार अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ। जिल्ला सभापतिका लागि ६ जनाले आकाङ्क्षा राखेका छन् । प्रा डा सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, …

पुरा पढ्नुहॊस »

कांग्रेसले स्थानीय तहको निर्वाचन घोषणापत्र चाँडै सार्वजनिक गर्ने

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका हुन्। कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि एक महिने संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ। आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनको भनाइ छ। त्यसका लागि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने …

पुरा पढ्नुहॊस »

कांग्रेसको ६ जिल्लामा आज अधिवेशन जारी

नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ। अधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको हो। क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो। पार्टीले दिएको निर्देशन अनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए। निर्वाचन कार्यतालिका अनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन गरिएको थियो भने सोमबार मतदान …

पुरा पढ्नुहॊस »

कांग्रेस पदाधिकारी बैठक बस्दै, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने

नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ। केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ। पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए। केही दिनदेखि जारी छलफलमा दलित …

पुरा पढ्नुहॊस »

सभापतिकाे उपस्थिती बिना कांग्रेस शीर्ष नेताको अनौपचारिक बैठक सानेपामा

नेपाली कांग्रेसको शीर्ष नेताको अनौपचारिक बैठक बसिरहेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठक एमसीसी पारित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ। सभापति शेरबहादुर देउवा अनुपस्थित सो बैठकमा एमसीसी पारित गर्नै विषयदेखि सत्तारुढ गठबन्धन जोगाउने विषयमा पनि छलफल हुनेछ। पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेताहरू सहभागी सो बैठकमा समसामयिक राजनीतिक, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भइरहेको छ।

पुरा पढ्नुहॊस »