Tag Archives: कांग्रेस

कांग्रेसबाट काठमाडौं मेयरका लागि पाँच जनाको नाम सिफारिस (काे काे परे)

नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो। सत्ता गठबन्धनमा काठमाडौं महानगरको मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको छ। तर, कांग्रेसले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ। समितिले एक नम्बरमा …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा कांग्रेसले थप्याे १९ सदस्य (सूचीसहित)

नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समिति’मा सदस्यहरु मनोनयन गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा गठन गरेको ‘स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समिति’ मा थप सदस्यहरू मनोनित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। मनोनयन भएका थप सदस्यहरू १. सदस्य — किरण यादव २. सदस्य — फखरुदीन खान ३. सदस्य …

पुरा पढ्नुहॊस »

कांग्रेसले उम्मेदवार टुंगो लगाउन सात प्रदेशमा सात सहमहामन्त्री खटाउँदै

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ। आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो। उनीहरूलाई प्रदेशमा उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ। प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ। …

पुरा पढ्नुहॊस »

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रबार बस्ने

सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठन गरिएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन्। कांग्रेसले बैठकमा कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको …

पुरा पढ्नुहॊस »

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। चैत ३० गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको घोषणापत्रबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको जानकारी दिएको छ। बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि कांग्रेसले निर्देशनसमेत दिएको छ।

पुरा पढ्नुहॊस »

कांग्रेसकाे निर्देशन, ‘उम्मेदवारी सिफारिस गर्दा कुनै पनि रकम नलिनु’

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ। कांग्रेसले आइतबार सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन/उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ। सो व्यवस्था विपरीत केही जिल्लाअन्तर्गत मातहतका पार्टी निकायबाट …

पुरा पढ्नुहॊस »

कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन

नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियान व्यापक पार्न प्रवास समन्वय प्रचारप्रसार समिति गठन गरेको छ। स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा २२ चैतमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत प्रचार प्रसार गर्न ८४ सदस्यीय उपसमिति र उपसमिति अन्तर्गत १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो। कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) …

पुरा पढ्नुहॊस »

प्रदेशदेखि टोल तहसम्म प्रचार समिति गठन गर्न कांग्रेसद्वारा भ्रातृ संस्थालाई निर्देशन

नेपाली कांग्रेसले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश तहदेखि टोल एकाइ समिति स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ। कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार बसेको बैठकले सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाले स्थानीय निकायको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको हो। समितिका संयोजक एवं पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा बसेको बैठकले …

पुरा पढ्नुहॊस »

कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २७ जना मनोनित

सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन-०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । समिति संयोजकमा पार्टी महामन्त्री गगनकुमार थापा छन् ।

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनः वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतको अध्यक्षतामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो। प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमितिमा आवश्यकताअनुसार प्रचार संयन्त्रको गठन गर्ने भएको समितिले जनाएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा महत संयोजकत्वको समितिमा शुक्रबार ६७ जना सदस्य मनोनयन गरेका थिए …

पुरा पढ्नुहॊस »