Tag Archives: कांग्रेस

कांग्रेसको निर्वाचन प्रवास मिडिया समन्वय उपसमितिमा सदस्यहरू मनोनीत

नेपाली कांग्रेसको निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९९ केन्द्रीय प्रचार प्रसार समिति संयोजक तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आइतबार प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरु मनोनीत गरेका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य उर्मिला थपलियाको संयोजकत्वमा गठित उपसमितिमा सदस्य मनोनीत गरिएको हो । मनोनीत सदस्यहरू हेमन्त काफ्ले ( अष्ट्रेलिया …

पुरा पढ्नुहॊस »

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो। बैठकमा निर्वाचनको तयारी, सत्ता साझेदार दलहरूसँगको चुनावी तालमेलसहित समसामयिक विषयमा छलफल हुनेछ। सत्ताको नेतृत्वकर्ता कांग्रेसले गठबन्धनका सहयोगी दलहरूसँग साझा कार्यक्रम बनाएर निर्माण अभियानमा होमिने तयारी गरिरहेको छ।

पुरा पढ्नुहॊस »

कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित हुने

नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ। कांग्रेसले आज एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई यही असोज २६ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको छ। विज्ञप्तिमा पार्टीका कुनै सदस्यले …

पुरा पढ्नुहॊस »

कांग्रेसद्वारा निर्वाचनका क्रममा पार्टी हित विपरीत कार्य गर्ने १० नेता-कार्यकर्ता निष्कासित

नेपाली कांग्रेस संखुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ। ३० वैशाखको स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै १० जनालाई पार्टीको साधारण सदस्य नरहने गरि निष्कासन गरेको नेपाली कांग्रेस संखुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिए। कांग्रेस प्रवक्ता बान्तवाका अनुसार निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गर्ने, असहयोग गर्नेलाई पार्टी पार्टीको साधारण सदस्य नरहने गरि निष्कासन गरेको हो। स्थानीय तहको निर्वाचनमा अनुशासन उलङ्घन गर्दै पार्टीलाई नोक्सान पुग्ने गतिविधि …

पुरा पढ्नुहॊस »

‘चुनावकाे नतिजाले एमाले अत्तालियो’ : कांग्रेस

नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ। ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको कांग्रेसले बताएको छ। …

पुरा पढ्नुहॊस »

कांग्रेसले गठन गर्याे निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय’ गठन गरेका छन्। उनले मंगलबार पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाको संयोजकत्वमा सचिवालय गठन गरेका पार्टी कार्यालयले जनाएको छ। सचिवालय सदस्यमा डा सुरेश आचार्य, डा प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेका छन्। सचिवालयले समिति र उपसमितिहरुले गरेका निर्णयको कार्यान्वयन, पार्टीका विभिन्न साङ्गठनिक संरचनाहरुले निर्वाचनमा पार्टीको विजय …

पुरा पढ्नुहॊस »

देशभरिका चुनावी सभाहरुमा कांग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको तयारीका लागि मुलुकका विभिन्न स्थान र समयमा खुला सभा आयोजना गर्ने तय गरेको छ। कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार आयोजना गरिएका सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सबै सभाहरुको संयोजन पार्टीका सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् । वैशाख २१ गते मोरङ (विराटनगर) मा हुने …

पुरा पढ्नुहॊस »

स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरि प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताएका हुन्। उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । तर, जनकपुर, भरतपुर, तनहुँ, डडेल्धुराका स्थानीय तहमा गठबन्धनविरुद्ध कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ । स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले के के निर्णय गर्याे ?

आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बिभिन्न ३ वटा निर्णय गरेको छ । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन रहने र विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय कांग्रेसले गरेको छ। त्यस्तै वैशाख …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ। बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। बैठकमा स्थानीय तह निर्वाचन र उम्मेदवारी सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।    

पुरा पढ्नुहॊस »