Tag Archives: कांग्रेस

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठक माघ २७ गते दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने बताइएको छ। यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ।

पुरा पढ्नुहॊस »

कांग्रेसद्वारा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो। केन्द्रीय कार्यसम्पादन समितिमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, फर्मुलाह मन्सुर , उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय (डिना) , भिष्मराज आंङ्दम्बे, जीवन परियार, रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधी, विजय गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला रहेका छन्। यस्तै शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुनरनसिंह केसी, …

पुरा पढ्नुहॊस »

कांग्रेसका १६ जिल्लाकाे अधिवेशन फेरि स्थगित

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन स्थगित भएको जनाएको छ। कोरोना महामारीका कारण १५ माघमा हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको समितिले जनाएको हाे। कांग्रेसको सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, पर्सा, बारा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, कैलाली, बाँके, नवलपुर र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ। कोरोना कहर सामान्य अवस्थामा आएपछि मात्र जिल्ला अधिवेशनको नयाँ …

पुरा पढ्नुहॊस »

भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको ध्यानाकर्षण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ। ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको छ,’ कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको कांग्रेसको दाबी …

पुरा पढ्नुहॊस »

कांग्रेसकाे १६ वटा जिल्लाकाे अधिवेशन फेरि सर्‍याे, माघ १५ गतेका लागि नयाँ मिति तय

नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशनको मिति सारेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको बुधबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई कारण देखाउँदै २७ पुसमा तय भएको अधिवेशनको मिति सारेको हो। नयाँ निर्णयअनुसार अब १५ माघका लागि अधिवेशनको मिति तोकिएको छ। यसअघि २७ पुसमा बाँकी रहेका १६ जिल्लाको अधिवेशन तोकिएको थियो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र …

पुरा पढ्नुहॊस »

कांग्रेस वागमती प्रदेश समितिलाई प्रविधिमैत्री बनाइने

नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ। प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउनका लागि समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बनाउने र सोमार्फत पार्टीको स्थानीय तहदेखि केन्द्रिय समितिसम्मको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सो समितिले जनाएको छ। बैठकले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने र पार्टीको १४औँ महाअधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, …

पुरा पढ्नुहॊस »

कांग्रेसकाे केन्द्रीय समिति बैठक सोमबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो। पहिलो बैठक यसअघि पुस १० गते बसेको थियो।

पुरा पढ्नुहॊस »

कांग्रेसमा कसकाे वरीयता कति?

नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ। काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो । मंसिर २४-२८ मा काठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो । कांग्रेसले जारी गरेको सूची अनुसार सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो । महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका यी हुन् चार निर्णय (पूर्णपाठ)

नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चार वटा निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। उनका अनुसार बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिने देखि निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्मको अधिकार दिने बारे निर्णय गरेको छ। बैठकबाट पारित निर्णयको पूर्णपाठ पुस १०, २०७८ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर …

पुरा पढ्नुहॊस »

कांग्रेसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन्। गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा …

पुरा पढ्नुहॊस »