क्रेष्ट माइक्रो लाइफको बिक्री प्रबन्धमा एनआइएमबि

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।

माइक्रो लाइफले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु.२२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरू प्रति शेयर अङ्कित मूल्य रु.१००/– दरमा सर्वसाधारणहरूमा निष्कासन गर्दैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लघु बीमक संघ गठन, अध्यक्षमा चिरायु भण्डारी

काठमाडौं । नेपालमा सञ्चालित लघु बीमा कम्पनीहरुको छाता संघठन दर्ता भएको छ । जिल्ला प्रसासन …

प्रतिकृया दिनुहॊस