Tag Archives: कांग्रेस

कांग्रेस धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी?

नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो। पार्टीको जिल्ला सभापतिका लागि आज शेखर कोइराला समूहबाट दिनेशप्रसाद प्रसैलाले उम्मेदवारी घोषणा गरेका छन्। प्रसैलाले कोइराला पक्षका नेता बद्री पाण्डेको उपस्थितिमा आज जनकपुरधाममा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन्। पूर्वसांसद प्रसैलाले संस्थापन …

पुरा पढ्नुहॊस »

दुई दिन पछि धकेलियो कांग्रेसको १६ जिल्ला अधिवेशन

नेपाली कांग्रेसको अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन मिति दुई दिन पर धकेलिएको छ। केही दिनअघि सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र पार्टी नेतृत्वको आग्रह अनुसार १३ फागुनमा गर्ने तय भएको अधिवेशन अब १५ फागुनमा गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले केन्द्रीय कार्यसम्पादन समितिको आग्रहमा अधिवेशन दुई दिन धकेलिएको हो। निर्वाचन समितिको आज बसेको …

पुरा पढ्नुहॊस »

कांग्रेसद्वारा कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन

नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिनेछ।

पुरा पढ्नुहॊस »

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। मङ्गलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले जानकारी दिए। सूचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन। प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव र एमसिसीका विषयमा छलफल गर्न बैठक डाकेको हुनसक्ने सांसद प्रधानले बताए। सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर …

पुरा पढ्नुहॊस »

कांग्रेसले मंगलबारका लागि बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्ने गरि दलको बैठक बोलाएका हुन्। पदीय आचरण र व्यवहार नदेखाएको, आर्थिक अनियमिततामा मुछिएको, न्याय सम्पादनमा कमजोरी गरेको लगायतका कारण देखाउँदै कांग्रेसले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ताका लागि आफ्ना पार्टीका सांसदरूको हस्ताक्षर गर्न लगाएको थियो। प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउने विषयमा सांसदहरूलाई …

पुरा पढ्नुहॊस »

कांग्रेसले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लामा कार्यसमितिको निर्वाचन गरिने जनाइएको छ। यसअघि ती जिल्लामा माघ १५ गते निर्वाचन मिति तोकिएको थियो। कोरोना संक्रमण बढेपछि समितिले उक्त निर्वाचन स्थगित गरेको …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आइतबार पनि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ। बैठक आइतबार दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बिहीबार सुरु भएको समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बसेको थियो। आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु- प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के सी., डा. शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए ।

पुरा पढ्नुहॊस »

कांग्रेसद्वारा स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णयकाे स्वागत

स्थानीय चुनाव तयारी सम्बन्धि प्रस्ताव स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको केन्द्रीय कार्यसम्पादन समितिले जनाएको छ। यसका लागि दुईवटा समितिहरु गठन गरिएको छ। स्थानीय निर्वाचन मूल तयारी समिति – संयोजक, घोषणा पत्र तयारी समिति-संयोजक लगायत समितिहरु गठन गरिएको जनाएको छ। बैठकमा विभिन्न ९ वटा प्रस्तावमाथि छलफल भएको कांग्रेसले जनाएको छ। यी हुन् कांग्रेस …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक सुरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ। दिउँसो १ बजे बैठक बोलाइए पनि केही ढिलो गरि सुरु भएको हाे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए। समितिमा १३ पदाधिकारी, पूर्वपदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन्। स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनका विषयमा छलफल गर्ने एजेन्डा …

पुरा पढ्नुहॊस »

आज कांग्रेस पदाधिकारीको बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। मंगलबार अनौपचारिक छलफल भएको र औपचारिक बैठक आज बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। मंगलबार सभापति देउवा उपस्थित भएका थिएनन् । उनीसहितको बैठक आज बस्न लागेको हो। मंगलबारको बैठकमा पछिल्लो राजनीतिक परिस्थिती, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ।

पुरा पढ्नुहॊस »