नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं । नेपालविरुद्धको तेस्रो टी–२० मा वेस्ट इन्डिज ‘ए’ ७६ रनले विजयी भएको छ ।

२ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट १ सय ५१ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि लोकेश बम र करण केसीले समान २८ रन बनाए भने कुशल मल्लले २० रन बनाए । त्यसतै विनोद भण्डारीले १९ रन बनाउँदा अनिल शाह १४ रनमा आउट भए । नेपालले उक्त १५१ रन १९.२ ओभरमा पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि ओपनर जोनसन चार्सले शानदार शतक बनाए । उनले ६१ बलमा ११९ रन बनाए । त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए । उनले ३३ बलमा ५३ रन हिर्काए । यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए ।

त्यस्तै फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए । नेपालका लागि करन केसी र सागर ढकालले एक–एक विकेट लिए ।

शृङ्खला वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds