नेपाल भित्रिदै भारतको चर्चित फर्च्युन होटेल्स्

काठमाडौं । भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्युन होटेल्स्ले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटेलका संचालकहरुले यस क्षेत्रको अग्रणी होटेल ब्रान्डको रुपमा भारतीय होटेल सञ्जालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै फर्च्युन होटेल्सका प्रवन्ध निर्देशक समीर एमसीले नयाँ आर्थिक वर्ष २०८१/०८२ को सुरुआतमै फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा निकै खुसी भएको बताए ।

प्रबन्ध निर्देशक एमसीले भक्तपुरमा पहिलो रिसोर्ट सुरु गर्दैगर्दा सांस्कृतिक रुपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रुपमा रहेको भक्तपुरमा रमणीय गन्तव्य सिर्जना गर्ने सपना रहेको बताए ।

विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको उनको भनाइ छ । रिसोर्टमा आठ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको प्रिफङसन क्षेत्र र ११ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको स्विमिङ पुल छ । करिब ६०० पाहुना आरामले अटाने स्पेस भएको बताइएको छ ।

काठमाडौंबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दूरीमा अवस्थित फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलमा पनि सहजै पुग्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस