चुनावमा चीनले हस्तक्षेप गर्न खोजेको छ : ट्रम्प

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले अमेरिकाको  मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो जीत नचाहेको पनि उनकाे भनाइ छ ।

परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने विषयमा सुरक्षा परिषदको बैठकमा राष्ट्रपति ट्रम्ले यस्तो आरोप लगाएका हुन् ।  ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर विवाद चल्दै आएको छ । चिनियाँ विदेशमन्त्री वागं यीले भने ट्रम्पको दाबीलाई अनुचित भन्दै खारेज गरिदिएका छन् ।

विदेशमन्त्री यीले चीनले अन्य देशको आन्तरिक मामिलामा दखल नदिने स्पस्ट पारेका छन् । चीनले दोस्रो देशको घरेलु मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै आएको भन्दै विदेशमन्त्री यीले यस्ता आरोपको स्वीकार नगर्ने जवाफ दिए  । आगामी नोभेम्बर ६ मा अमेरिकाका मध्यावधि निर्वाचन हुँदैछ ।

चीनले चुनावमा हस्तक्षेप गर्न खोजेको ट्रम्प प्रशासनको यो पहिलो आरोप भने होइन । पछिल्लो महिना अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले रुस, उत्तर कोरिया, इरान चीनले अमेरिक चुनावमा हेरफेरको योजना बनाएको आरोप लगाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माईपेको दसैँ मेला, कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने

काठमाडौं । डिजिटल वालेट माईपेले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडबाडको …

प्रतिकृया दिनुहॊस