काठमाडाैं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार लेजर फिजिक्समा काम गर्ने तीनजना वैज्ञानिकहरूलाई दिने घोषणा गरिएको छ । उक्त पुरस्कार अमेरिकी नागरिक अर्थर अस्किन तथा फ्रान्सेली ग्रेरार्ड माउरोउ र क्यानेडेली डोन्ना स्ट्रिकल्यान्डलाई प्रदान गरिने भएको हाे ।
पुरस्कारको राशि अस्किनले आधा र माउरोउ र स्ट्रिकल्यान्डले बाँकी रहेका भाग प्राप्त गर्ने छन् । क्यानेडेली स्ट्रिकल्यान्ड भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्ने तेस्री महिला हुन । सन् १९०१ देखि नै भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गर्दै आएको छ । उनीहरुलाई लेजर फिजिक्सको क्षेत्रका काम गरेबापत पुरस्कार प्रदान गरिएको हो । लेजरलाई २० औं शताब्दीको ठूलो प्राविधिक सफलताको रुपमा लिने गरिन्छ ।
यसले चिकित्सा, उद्योग, मनोरञ्जन, फाइरब अप्टिकल सञ्चार, सिडी, सिडी रोम र डिभिडीमा महत्वपूर्ण भूमिका खेलको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सको विशेष कमिटीले छनोट गरेको व्यक्तिलाई पुरस्कार प्रदान गरिन्छ । सोमबार मात्रै चिकित्साशास्त्रको नोबेल पुरस्कार क्यान्सर रोगका नयाँ विधिको बारेमा खोज गर्ने अमेरिकी अमेरिकी र जापानी नागरिकलाई प्रदान गरिने घोषणा गरिएको थियो ।




