चीनद्वारा अमेरिकासँगको सैन्य अभ्यास रद्द

काठमाडाैं । अमेरिका र चीनबीच ब्यापार युद्धलाई लिएर दुई देशको सम्बन्ध तनावपुर्ण बनेको छ । ट्रम्प प्रशासनद्वारा लगाइएको पछिल्लो २ खर्ब डलरको चिनियाँ सामान माथिको अतिरिक्त शुल्क सोमबारबाट लागु भएको छ ।

एक अर्काको उत्पादनमाथि कर लगाएपछि चीनले अमेरिकी राजदुतलाई गत हप्ता बोलाएर यस विषयमा छलफल गरेका थिए । त्यहीबेला चीनले अमेरिकासँग हुने भनिएका सैन्य अभ्यास पनि रद्द गरेको छ । चीनको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उक्त जानकारी उल्लेख गरिएको छ । चीनका विदेश मन्त्रालयले भनेको छ– चीनका नौसैनिक प्रमुख सिन जिन लांगलाई पनि अमेरिका भ्रमणबाट फिर्ता बोलाएको छ ।

अर्को हप्ता चीन र अमेरिकाबीच हुने भनिएको वरिष्ठ सैन्य अधिकारी बीचको वार्ता पनि हाललाई रद्द गरिएको छ । विज्ञप्तीमा चीनका सेनासँग बिना विस्तृत जानकारी साझा गरी भविष्यमा पनि थप कदम उठाउन सक्ने अधिकार रहेको उल्लेख गरेको छ । सैन्य मन्त्रालयका प्रवक्ताले भने– रुससँग फाइटर जेट र क्षेप्यास्त्र प्रणाली खरिद गर्ने चीनको फैसला एक सामान्य फैसला हो । दुई सम्प्रभु राष्ट्रबीच हुने यस फैसलामा आपत्तीको कुनै कारण छैन । अमेरिकालाई यस फैसलालाई प्रभावित गर्ने अधिकार छैन ।

ब्यापार युद्धलाई लिएर दुबै महासक्तीहरु बीच तनाव लगाता बढिरहेको छ । चीनले अमेरिकाको नयाँ कर नितिलाई ‘बुलिइज्म‘को संज्ञा दिएको छ । अमेरिकी विदेश मन्त्रालयले रुसका मुख्य हतियार आयातकसँग महत्वपुर्ण लेनदेनका कारण चिनियाँ सेनाको उपकरण विभाग र त्यसको निर्देशक ली सांग्फुमाथि तत्काल प्रतिबन्ध लगाएको थियो । अमेरिकाले यो प्रतिबन्ध रुससँग २०१७ मा १० वटा एसयु–३५ युद्धक विमान र सन् २०१८ मा एस–४०० क्षेप्यास्त्र प्रणाली खरिद गरेकोमा लगाएको हो । –एजेन्सी 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस