एजेन्सी । फिलिपिन्समा म्याङ्कुट आँधीकै कारण मृत्यु हुनेको संख्या ६४ पुग्यो छ। फिलिपिन्सको उत्तरमा आपतकालका लागि खटिएको टोलीले आँधीले निम्त्याएको पहिरोमा फसिरहेका मानिसहरूको उद्धार गरिरहेको छ। त्यहाँ खानीमा काम गर्ने दर्जनौँको मृत्यु भएको छ।
सन् २०१८ को सबैभन्दा शक्तिशाली मानिएको आँधी म्याङ्कुट पश्चिमतिर अघि बढ्नुभन्दा पहिला शनिबार फिलिपिन्सको मुख्य द्वीप लुजोन हुँदै आएको थियो।
प्रतिकृया दिनुहॊस