समाचार

कांग्रेस महासमिति बैठक मंसिर ११ देखि १३ सम्म गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ। कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री विश्‍वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसको साउन २ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीध्र पारित गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ। संसद्‌मा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र पारित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको हो ।

पुरा पढ्नुहॊस »

कांग्रेसले गर्‍यो बागी उठेर चुनाव जितेका १४ जनाको कारबाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर निर्वाचित भएका १४ जनाको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेर जितेका १४ जना नेताको कारबाही फुकुवा गरेको हो । कांग्रेसले बागी उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका जंगीलाल राय, देवेन्द्रबहादुर शाही र नवराज शाहीको कारबाही फुकुवा गरेको छ । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएका राजुसिंह …

पुरा पढ्नुहॊस »

सय किलो सुन तस्करी प्रकरण : थप एक समातिएसँगै पक्राउ पर्नेको संख्या १७ पुग्यो

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सुरेन्द्र तामाङ नाम गरेका व्यक्तिलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको हो । उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन । योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो । केही दिनअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास हुँदै गर्दा बरामद भएको …

पुरा पढ्नुहॊस »

होटल सञ्चालकबाट वरिष्ठ सई पौडेलको हत्या

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका ६ खालबजारस्थित आशा होटल तथा खाजा घरमा मृत भेटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेलको होटल सञ्चालकले नै हत्या गरेको पाइएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २० वर्षीय विनोद कुँवरले पौडेलको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनी खाजा खान उक्त होटल गएका थिए । दुबै आरोपीलाई प्रहरीले मंगलबार नै पक्राउ …

पुरा पढ्नुहॊस »

एमालेको अवरोधपछि प्रतिनिधिसभा १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा नेकपा एमालेले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो । सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै एमालेले उनको राजीनामा मागेको छ । उच्चस्तरीय संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने एमालेको चेतावनी छ । खासगरी सुन काण्डमा सरकारले भरियाहरूलाई मात्र समातेर जेलमा हालेको र मुख्य नाइकेहरूलाई नसमातेको एमालेको आरोप छ । …

पुरा पढ्नुहॊस »

भरिया समातेर नाइकेलाई संरक्षण गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीका नाइकेलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामिछानेले सरकारले ट्याक्सी ड्राइभर र सुन बोक्ने भरियालाई समातेर मालिकको संरक्षण गरेको आरोप लगाए । उनले सरकारले विभिन्न भ्रष्टाचारका प्रकरणमा अलिअलि गर्न खोजे जस्तो गर्ने तर जरासम्म नपुग्ने गरेको बताए । उनले सुन तस्करी प्रकरणबारे रास्वपाले संसदमा संकल्प प्रस्ताव पेश गरेको जानकारी दिँदै त्यसमाथि छलफल गराउन सभामुखसँग …

पुरा पढ्नुहॊस »

कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको बताएको छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद डा. सुनील शर्माले संसद् सुरु हुनासाथ आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् । उनले डा. रामशरण महतको विदेशमा खाता देखिएको भन्दै राजीनामा दिएर बसेको स्मरण गर्दै यो अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए । ‘मुख्य नाइके अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा …

पुरा पढ्नुहॊस »

जङ्गली च्याउ खाँदा २ जनाको मृत्यु

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए । उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ । जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा …

पुरा पढ्नुहॊस »

सुन तस्करीबारे रास्वपाले माग्यो सरकारको जवाफ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक क्विन्टल सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्दै संसदमा जुरुरी महत्वको प्रस्ताव दर्ता गराएको छ । पार्टीले संसद सचिवालयमा बुधबार उक्त प्रस्ताव दर्ता गराएको हो । सुन तस्करी प्रकरणमा सरकार जवाफदेही हुनुपर्ने र संसदलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरिएको छ । रास्वपा संसदहरुले हस्ताक्षर गरेको प्रस्ताव सचिवालयमा दर्ता गराएको हो ।

पुरा पढ्नुहॊस »

सुन प्रकरणमा न्यायिक छानबिन समिति नबनाएसम्म एमालेले संसद् चल्न नदिने

काठमाडौं । नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीमार्फत भित्रिएको सय किलो सुनबारे संसद्मा गृहमन्त्रीको जवाफ माग्ने भएको छ । बुधबार संसद् बैठक अघि बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको हो । एमालेको संसदीय दलको बैठकको कारण अपराह्न एक बजेका लागि बोलाइएको संसद् बैठक समयमा नै सुरु हुन सकेको छैन । एमाले सांसद सूर्य थापाले संसदीय दलको बैठकले सुन प्रकरणबारे …

पुरा पढ्नुहॊस »