त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा टोकराज पाण्डे

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको हो ।

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उनी बिदामा रहेका थिए । उनी २ महिनादेखि छुट्टीमा छन् ।

पोखरेल बिदामा रहेकै बेला साउन ३ गते विमानस्थल भन्सारबाट पास भएर बाहिरिएको करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त प्रकरणमा विभागले एजेण्ट र भन्सारका कर्मचारीसहित १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस