सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे पदाधिकारी बैठक बोलाएका हुन् । बैठक देउवा निवास धुम्बाराहीमा बस्ने भएको छ ।

केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा जारी छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ । निर्णयको तयारीका लागि आज एक दिन केन्द्रीय समिति बैठक रोकिएको छ ।

नेपाली कांग्रेसको एक सता देखि जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले धारणा राख्नेक्रम सकिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २ गते देखि सुरु भएको केन्द्रीय समितिको भोलि बुधबार दिउँसो ४ बजे बस्ने बैठकले निर्णयहरू गर्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री