दुईतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको कालिखोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा बिहान ७ बजे पहिरो खसेको थियो । धेरै ठूलो नभएको उक्त पहिरो हटाइएसँगै अहिले दुवै तर्फका सवारी साधन सहज रूपमा गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । चितवनमा पछिल्लो ३ घण्टादेखि भारी वर्षा भइरहेको छ।

लगातारको भारी वर्षासँगै उक्त सडकखण्ड अवरुद्ध हुने क्रम बढेको छ । यसअघि गत असारमा पनि उक्त सडकखण्डमा पटक-पटक पहिरो गएर अवरुद्ध भएको थियो । पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुने समस्यालाई ख्याल गर्दै सकेसम्म यो सडकखण्डको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस