काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १४ जना अभियुक्तलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमित दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेर हिरासतमा रहेका अभियुक्तहरुमाथि थप अनुसन्धान गर्नुपर्ने भएकोले हिरासतमा राख्ने म्याद थप गर्न माग गर्दै आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, पूर्व नापी …
पुरा पढ्नुहॊस »विनियोजन विधेयकमाथिको छलफल सकियो
काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय …
पुरा पढ्नुहॊस »बालुवाटार जग्गा प्रकरण : मालपोतका तत्कालीन नासु र खरिदार पक्राउ
काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। प्रहरीले तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए । यो प्रकरणमा पछिल्लोपटक पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।
पुरा पढ्नुहॊस »कारबाट झरेर साइकलयात्रीलाई मुक्का हान्ने पक्राउ
काठमाडौं । साइकल चालकमाथि कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । मोरङ विराटनगर-४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक विराटनगर-६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा १९ वर्षीय आयुष भेटुवाल पक्राउ परेका हुन् । बा. १५ च ३४४५ नम्बरको कारमा सवार आयुषसहित कुशल भेटुवाल र रोशन कार्कीले साहमाथि कुटपिट गरेको आरोप लागेको छ । कारबाट झरेर साहमाथि मुक्का प्रहार गर्दै घिसारेर घाइते बनाएको उनीहरूमाथि आरोप छ । आरोपितमध्ये …
पुरा पढ्नुहॊस »मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । मनाङ एयरको हेलिकप्टर लिखुपिके गाउँपालिका-५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना हुँदा ६ जनाको निधन भएको थियो । प्रधानमन्त्री प्रचण्डले मृतक यात्रुप्रति श्रद्धासुमन अर्पण गरेका हुन् । ‘सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ । दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्धारका लागि नेपाल सरकारका …
पुरा पढ्नुहॊस »मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु (अपडेट)
काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा हेलिकोप्टरका क्याप्टेन चेत गुरुङ र अन्य ५ जना मेक्सिकन नागरिक छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका र दूधकुण्ड गाउँपालिकाको सिमानामा पर्ने लामजुराको भकान्जेस्थित च्यानडाँडा मनाङ एयरको ९एन-एएमभी कलसाइनको हेलिकोप्टर दुर्घटना भएको हो । सोलुखुम्बुको सुर्केबाट बिहान १० बजे उडेको हेलिकोप्टर १० बजेर १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । घटनास्थलमा अहिले प्रहरी परिचानल भएको र थप टोली जाने …
पुरा पढ्नुहॊस »नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा सहारा जोशी
काठमाडौँ । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा सहारा जोशी चयन भएकी छन् । आइतबार सम्पन्न १९ औँ वार्षिक साधारण सभा मार्फत २०८०–८१ का लागि जोशीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । काठमाडौँको र्याडिसन होटेलमा सम्पन्न १९औँ वार्षिक साधारण सभा ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएको थियो । “नेसन फर्स्ट” भन्ने नारालाई केन्द्रमा राखेर यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनहरूलाई प्रवर्द्धन गर्नेमा केन्द्रित हुने मञ्चले जनाएको …
पुरा पढ्नुहॊस »मनाङ एयर हेलिकप्टर दुर्घटना : ५ जनाको शव फेला (अपडेट)
काठमाडौं । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए-एमभी हेलिकोप्टर दुर्घटनाग्रष्त अवस्थामा फेला परेका छ । रुखमा ठोक्किएर उक्त हेलिकोप्टर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा मृतक ५ जनाको शव फेला परेको छ । एक जनाभने बेपत्ता छन् । सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना लामाजुरा पासमा दुर्घटनाग्रष्ट अवस्थामा हेलिकोप्टर फेला परेको हो ।उक्त हेलिकोप्टर बिहान १० बजेर १० मिनेट जाँदा उडेको …
पुरा पढ्नुहॊस »मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला (सवारको नामावली)
काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका वडा नम्बर २ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ । ‘टोली दुर्घटनास्थलमा छ । हेलिकप्टर दुर्घटना भएको हो । थप जानकारी पछि …
पुरा पढ्नुहॊस »सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । उक्त हेलिकप्टरमा ५ जना विदेशीसहित एक नेपाली चालक रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो । ‘मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा …
पुरा पढ्नुहॊस »