समाचार

आज फेरि भारी वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केहि स्थानहरूमा र …

पुरा पढ्नुहॊस »

डा. चन्द्र भण्डारीको हातको शल्यक्रिया सफल

काठमाडौं – प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीको हातको शल्यक्रिया सफल भएको छ । कीर्तिपुर अस्पतालमा बुधबार बिहानदेखि सुरु गरिएको नेता भण्डारीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । गत ४ फागुनमा उनको घरको भान्छाकोठामा विस्फोट हुँदा उनी जलेर गम्भीर घाइते भएका थिए । भारतमा उपचार गरी फर्किएका उनको हातको शल्यक्रिया गर्नुपर्ने भएको थियो । प्राडा बिडि झाको नेतृत्वमा रहेको ११ जनाको चिकित्सक टोली उनको हातको शल्यक्रिया …

पुरा पढ्नुहॊस »

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनु पर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै उनले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नु पर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘हामी गम्भीर विषयमा छलफल गरिरहेका …

पुरा पढ्नुहॊस »

सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक समातिए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको अवस्थामा साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा प्रहरीले थप चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् । पक्राउ परेका ती चारै जना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छ । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित …

पुरा पढ्नुहॊस »

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरेका छन् । बुधबार काठमाडौँमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कोरोना भाइरस र अन्य वाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बनेपनि अहिले बिस्तारै लयमा फर्किएको दाबी गरे । उनले अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको बताए । अहिले देशभर नकारात्मक विचारहरु बढी प्रचार …

पुरा पढ्नुहॊस »

गाडी भाडा बढ्यो, आजैबाट लागू

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर निर्धारण गरेको छ । बढेको भाडादर आजैबाट लागु भएको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन …

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न एमाले अध्यक्ष ओली बुधबार दिउँसो शीतलनिवास पुगेका हुन् । भेटमा राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम, संसदको गतिरोध अन्त्यलगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारेमा चासो राखेका थिए । राष्ट्रपति पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा जनतामा …

पुरा पढ्नुहॊस »

टिकौलीको जंगलमा कलेज बस र शव बोकेको भ्यानसहित ८ सवारी ठोक्किए

काठमाडाैं । चितवनकाे भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा ८ वटा सवारी एकापसमा ठोक्किएर दुर्घटना भएका छन् । जंगलको बाटोको तीव्र गतिमा रहेका सवारी एकआपसमा ठोक्किएका हुन् । अक्सफोर्ड कलेजको बस, शव बोकेको बोलेरो भ्यान, चार मोटरसाइकल र एक स्कुटर पनि दुर्घटनाग्रस्त भएका हुन् । स्थानीयले सामाजिक सञ्जालमा राखेको तस्बिर र भिडियोमा दुर्घटना निकै भयानक देखिएको छ । दुर्घटनास्थलमा प्रहरी पुगिसकेको छ । स्थानीयले घाइतेको उद्धार थालिसकेका छन् …

पुरा पढ्नुहॊस »

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको प्रधानमन्त्रीद्वारा औपचारिक घोषणा

काठमाडाैं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गरेका हुन् । प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ल्यापटपमा स्वीच थिचेर औपचारिक घोषणा गरेका हुन् । अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना …

पुरा पढ्नुहॊस »

कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छ । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् । गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए । आफू बुधबार अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, …

पुरा पढ्नुहॊस »