एसईई खारेजको प्रस्ताव, बोर्डको परीक्षा १२ कक्षामा मात्रै

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरिएको छ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा एसईई खारेजको प्रस्ताव गरेको हो ।

यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भएपनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा)को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइनेछ ।

प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा)मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री