सीआईबीको अनुसन्धान प्रतिवेदन : ६१ किलो सुन तस्करीमा ५० प्रतिवादी, ३ अर्ब ५० करोड बिगो दाबी

काठमाडौँ । ६१ किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाएको छ । आज सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको हो ।

त्यसमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरारको सूचीमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिइएको छ ।

सीआईबीका एसपी कृष्ण पंगेनीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिएका छन् । अमला रोका माओवादी केन्द्र निकट रोल्पा-काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्षमेत हुन् ।

आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सीआईबीको तयारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री