कांग्रेसको अपिल- सामाजिक सद्भाव बिग्रने गतिविधि नगरौँ

नेपालगन्जमा एकाएक किन भड्कियो धार्मिक सद्भाव ?

काठमाडौं । नेपाली कांग्रेसले धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न/नगराउन सबैमा अपिल गरेको छ ।

सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर अपिल गरेका छन् ।

‘केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्र्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपिल गर्दछ,’ देउवाले बुधबार निकालेको अपिलमा भनिएको छ ।

परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ मिलेर बसिरहेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । …

प्रतिकृया दिनुहॊस