अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमै दलिन्

bharati-manandha/अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमै दलिन्

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् ।

तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । भारतीलाई उपचारका लागि अस्पताल लगिएको छ ।

श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् ।

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री