समाचार

काठमाडौंमा दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंको बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुनेछ । आईसीटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहेको छ । फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी …

पुरा पढ्नुहॊस »

सर्वोच्चले भन्यो- रिगलको कैद मिनाहाबारे ७ दिनभित्र जवाफ दिनू

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ । बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ ।

पुरा पढ्नुहॊस »

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन : प्रदीप पौडेल

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्काे रुपमा वृद्धि भइरहेको मूल्यवृद्धि सरकारले नियन्त्रण गर्न नसकेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले १४ प्रतिशतले मूल्यवृद्धि भइसक्दा पनि सरकारले नियन्त्रणका लागि उपस्थिति नदेखिएको बताए । आर्थिक मन्दीका कारण ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको जानकारी दिँदै उनले भने, ‘यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। …

पुरा पढ्नुहॊस »

नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौँ । विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ । ती शोधपत्रमध्ये १२ वटा विदेशी विज्ञहरुले प्रस्तुत गरेको चट्याङविद् प्राडा श्रीराम शर्माले बताए । सम्मेलनमा कूल ४४ वटा शोधपत्र प्रस्तुत हुँदैछन् । आज जलवायु परिवर्तन र यसले पारेको असरका साथै त्यसबाट उत्पन्न हुने चट्याङलगायत विपद्जन्य …

पुरा पढ्नुहॊस »

शिशु जन्माउन नसकेकी महिलाको १७ घण्टापछि हेलिकोप्टरमार्फत उद्धार

Heli-sutkeri-resque-humla-scaled/शिशु जन्माउन नसकेकी महिलाको १७ घण्टापछि हेलिकोप्टरमार्फत उद्धार

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई १७ घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे) लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पुर्‍याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताए । आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बझाङ भूकम्प पीडितलाई राहत दिन माग

newskarkahna-news580690/प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बझाङ भूकम्प पीडितलाई राहत दिन माग

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । बझाङमा गएको भूकम्पबाट मंगलबार भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको नेतृत्वको सर्वदलीय प्रतिनिधि मण्डलले बुधबार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो। भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको …

पुरा पढ्नुहॊस »

आजदेखि मौसममा क्रमिक सुधार

काठमाडौँ । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुँदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताए । ‘मौसम बिस्तारै सुधार हुँदै गएको छ । देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि बिस्तारै कमजोर हुने देखिन्छ । भारतको सिक्किम …

पुरा पढ्नुहॊस »

म्याद सकिएका बियर भेटिएपछि ‘देवदास’लाई २ लाख रुपैयाँ जरिवाना

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौँ । काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएका बियर वितरण गर्ने भीम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । वडा नं. २६ ठमेलमा रहेको गामबेँसी दोहोरी साँझमा पुगेका उपभोक्ताले कार्लबक्स वियरमा स्वाद नभएको पाएपछि मिति हेरेका थिए । कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाका अनुसार उपभोक्ताले म्याद सकिएको बियर खरिद गरेर, अवस्थाका विषयमा जानकारी गराएका थिए । उपभोक्ताले …

पुरा पढ्नुहॊस »

विदेशबाट फर्कँदा के ल्याउन पाइन्छ, के पाइँदैन ? (नयाँ व्यवस्था)

काठमाडौँ । चाडपर्व नजिकिएसँगै विदेशबाट आउने नेपालीको सङ्ख्या बढ्न थालेको छ । विदेशबाट आउने यात्रु बढेसँगै अवैधानिक सामान लिएको नाममा भन्सार कारबाही पनि बढेको छ । नयाँ व्यवस्थाअनुसार विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको हो ।

पुरा पढ्नुहॊस »

नेपालगञ्जको कर्फ्यु आंशिक रुपमा हटाइयो, निषेधाज्ञा कायमै

Nepalgunj/नेपालगन्जमा एकाएक किन भड्कियो धार्मिक सद्भाव ?

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडाैँ । दुई धार्मिक समुदायबीच उत्पन्न विवादका कारण स्थानीय प्रशासनले बाँकेको नेपालगञ्जमा लगाइएको अनिश्चितकालीन कर्फ्यु दिउँसोको समयमा हटाएको छ । जिल्ला प्रशासन कार्यालयले आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु यथावत रहने जनाएको छ । तर निषेधाज्ञा भने दिउँसो पनि जारी गरिएको छ । दिउँसोको समयमा निषेधाज्ञा जारी गरिएकोले उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा …

पुरा पढ्नुहॊस »