भूकम्पपीडितको जीवनरक्षा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले भूकम्पपीडितको जीवनरक्षाका लागि उचित व्यवस्था गर्न माग गरेको छ । भूकम्पपीडितले चिसोका कारण ज्यान गुमाउनुपरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदैै एमालेले अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न मााग गरेको हो ।

‘भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्प पीडितहरुको मृत्यु भएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद् घटना भएको छ,’ एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न जोडदार माग गर्दछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर …

प्रतिकृया दिनुहॊस