काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो अवैध लागूऔषध कोकिनसहित एक महिलालाई पक्राउ परेकी छिन् ।
प्रहरीका अनुसार कतारको दोहाबाट काठमाडौं आएकी ती महिला भारतीय रहेको खुलेको छ । उनलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा पक्राउ परेकी ती महिला प्रारम्भिक अनुसन्धानमा कतारबाट नेपाल आएर भुटान जाने तयारीमा रहेको खुलेको छ ।
घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।
प्रतिकृया दिनुहॊस