ट्रकको ठक्करबाट कांग्रेस नेता देवकोटासहित दुईको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कांग्रेस नेता एवं सहकारी अभियन्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो ।

बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।

देवकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ पुर्जीविरुद्ध विप्लवद्वारा आन्दोलन घोषणा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोधमा …

प्रतिकृया दिनुहॊस