आगो ताप्दा सिलिण्डर पड्कियो, लोकबहादुरको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय लोकबहादुर नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा सो घटना भएको जानकारी दिए । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको उनले बताउनुभयो ।

लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो । आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ । क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्लाफाँटामा पिसाब गर्दा १ हजार जरिवाना !

काठमाडाैं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिसाब गर्नेलाई जरिवाना गरिएको छ । अस्ति निकुञ्जभित्र पिसाब …

प्रतिकृया दिनुहॊस