पश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात, किसान खुसी

काठमाडाैं । पश्चिम नेपालका उच्च पहाडी भूभागमा हिमपात भएको छ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बिहानै हिमपात भएको हो ।

कर्णालीको हिमाली जिल्ला मुगु र हुम्लामा गएरातिदेखि हिमपात भएको छ । जनजीवन कष्टकर बने पनि किसानमा खुशी छाएको छ ।

चिसो बढ्न थालेसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाल क्षेत्रमा हल्का हिमपात हुने आकलन गरेको छ । यससँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने सामान्य बदली हुने भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस