समाचार

पिकनिकका यात्रु बोकेको बस पल्टियो, तीन जना गम्भीर

काठमाडौं । दाङमा पिकनिकका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ । बिहान ७ बजे बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्रहालय रहेको चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४र५ जनालाई कोहलपुर पठाइएको जानकारी दिए । …

पुरा पढ्नुहॊस »

भूकम्पपीडित बिरामी बढ्दै, स्वास्थ्य संस्थामा पाइँदैन सिटामोल पनि

जाजरकोट । त्रिपालमा बस्दै आएकी कुशे–९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार ज्यान गयो। आर्थिक अभावले उचित उपचार नपाउँदा उनले अकालमै मृत्युवरण रोज्नुपर्‍यो। मंसिर १७ गते सुत्केरी भएकी उनले विपन्नताका कारण पेटभरी खाना खान नपाउने अवस्था थियो। बिहान बेलुकाको छाक टार्नै धौ–धौ भएकाले उचित उपचार पाउन सकिनन्। ‘भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं’, श्रीमान् गोपे सुनारले भने, ‘सुत्केरी भएदेखि नै बिरामी थिइन्। चिसोले मुख र …

पुरा पढ्नुहॊस »

बाटैबाट किन छाडियो अध्यागमनाका उपसचिव ?

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग साँठगाँठ देखिएका एक कर्मचारीलाई प्रहरी कार्यालय ल्याउँदाल्याउँदै बाटैबाट छाडिएको पाइएको छ । सुरुमा मंसिर २७ अघि नरवीर खड्कालाई पक्राउ गर्दा अध्यागमन कार्यालयमा कार्यरत उपसचिव राम थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनी खड़का हुन् कि थापा हुन् भन्ने चिन्न नसकेकै कारण छुटेको उच्च प्रहरी अधिकारीको दाबी छ। तर उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी कर्मचारी भने त्यसलाई स्विकार्दैनन् । समातेर …

पुरा पढ्नुहॊस »

बझाङमा गयो भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पटक-पटक भूकम्प गइरहेको छ ।

पुरा पढ्नुहॊस »

संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन

काठमाडाैं । संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा हरिसिद्धि अस्पताल ललितपुरमा निधन भएको हो। उनी थाइराइट क्यान्सरबाट पीडित थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार सुनुवार पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिइन् । २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य पदको निर्वाचनमा रामेछापबाट उम्मेदवार बनेकी सुनुवार झिनो मतान्तरले पराजित भएकी थिइन् । बहुदलीय व्यवस्था पछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न रहिन् र उक्त …

पुरा पढ्नुहॊस »

आज तमु ल्होसार मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । आज ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरुपमा मनाउँछन्। पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । पुस १५ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पुर्‍याउने हैसियत कांग्रेससँग छ : गगन थापा

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउन सक्ने हैसियत कांग्रेससँग भएको चेतावनी दिएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे । उनले कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए …

पुरा पढ्नुहॊस »

बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका ‘पीएसओ’ निलम्बित

काठमाडौं । सरकारले शुक्रबारको बालकुमारी घटनामा संयमता अपनाउन नसकेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो । फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री …

पुरा पढ्नुहॊस »

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख दिने

काठमाडौं । सरकारले ‘बालकुमारी घटना’ का मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्रीलगायत सम्मिलित बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हो । यस्तै मृतकहरूको शव सरकारले नै सम्बन्धित व्यक्तिको परिवारसम्म पुर्‍याइ दिने भएको छ । घटनामा २३ वर्षे सुजन रावत र २२ वर्षे वीरेन्द्र शाहले ज्यान गुमाएका थिए । प्रधानमन्त्री, गृहमन्त्रीसहित सुरक्षा अधिकारी समेत सहभागी बैठकले हिजो घटनास्थलमा खटेका …

पुरा पढ्नुहॊस »