पिकनिकका यात्रु बोकेको बस पल्टियो, तीन जना गम्भीर

काठमाडौं । दाङमा पिकनिकका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ । बिहान ७ बजे बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्रहालय रहेको चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४र५ जनालाई कोहलपुर पठाइएको जानकारी दिए । तीमध्ये तीन जना गम्भीर भएको उनले बताए ।

बसमा करिब ४० जना सवार रहेको उनले बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप