आज तमु ल्होसार मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । आज ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउँछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरुपमा मनाउँछन्। पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मार्न गएका वडा सदस्यसहित पाँचजना पक्राउ

काठमाडाैं । करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा …

प्रतिकृया दिनुहॊस