काठमाडौँ । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो निर्देशन दिएका हुन् । गृह मन्त्रालयले सोसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गर्नेछ । सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । जाँचबुझ आयोग ऐन, २०२६ को दफा …
पुरा पढ्नुहॊस »परराष्ट्रमन्त्रीले फेरि भने- वीपिनको रिहाइका लागि प्रयासरत छौं
काठमाडाैं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताएका हुन् । ‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ’, उनले भने ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैँ गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको …
पुरा पढ्नुहॊस »बालकुमारी घटनाको विरोधमा सुर्खेतमा आन्दोलन चर्कियो
काठमाडौं । ललितपुर बालकुमारीमा प्रदर्शनको क्रममा दुईजनाको मृत्यु भएको विषयलाई लिएर सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलन भइरहेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । शनिबारदेखि सुरू भएको आन्दोलन आज पनि जारी राखिएको छ । माग …
पुरा पढ्नुहॊस »बलियो बन्दै समीक्षा अधिकारी : भन्छिन् – आफ्नै स्वभावमा बाँच्छु
काठमाडौं । गायिका समीक्षा अधिकारीको दैनिकी हिजोआज फेरिएको छ । उनी दिनहुँजसो स्टेज कार्यक्रममा पुगेर दर्शकका अगाडि सांगीतिक प्रस्तुति दिइरहेकी छिन् । सानो उमेरमै लोभलाग्दो ख्याती कमाएकी यी गायिका केही वर्ष निकै तनावमा थिइन् । उक्त समय रेकर्डिङ र स्टेज कार्यक्रमबाट अलपजस्तै देखिएकी उनले सामाजिक सञ्जालमा पनि निराशाजनक र भावुक खालका पोष्टहरु गर्ने गरेकी थिइन् । केही समययता भने उनको सांगीतिक करिअर लयमा फर्किएको छ भने उनले सामाजिक सञ्जालमा पनि …
पुरा पढ्नुहॊस »राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउँदै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । यहि पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय जानकारी दिन आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने बैठकले निरन्य गरेको जानकारी दिएका छन् । बैठकले राष्ट्रिय सभामा अहिलेसम्म अवसर नपाएका, …
पुरा पढ्नुहॊस »सिक्किममा अशान्ति मच्चाउन खोजेको आरोपमा नेपाली युट्युबर पक्राउ
काठमाडौं । साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन् । भिडिओ पोस्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको हो । सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शिला राईले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उमालाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको छ । पक्राउ परेकी …
पुरा पढ्नुहॊस »सन् २०२३ पत्रकारका लागि चुनौतीपूर्ण, नेपालमा प्रेस स्वतन्त्रता हननका ५८ घटना रेकर्ड
काठमाडौँ । सन् २०२३ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा निकै नै चुनौतीपूर्ण वर्ष बनेको छ । यो वर्ष नेपालमा प्रेस स्वतन्त्रता हननका ५८ वटा घटना घटेको उल्लेख गर्दै नेपाल पत्रकार महासंघले सन् २०२३ चुनौतीपूर्ण रहेको बताएको हो । ती ५८ वटा घटनामा ७४ पुरुष र १३ महिला पत्रकारसहित ५ वटा सञ्चारसंस्था प्रभावित भएका महासंघले जनाएको छ । महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका …
पुरा पढ्नुहॊस »बालकुमारीबाट पक्राउ परेका ७३ जना छुटे, मुद्दा नचलाउने निर्णय
काठमाडौं । ललितपुरको बालकुमारीस्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छोडिएको छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरूलाई छोडिएको हो । पक्राउ गरिएकाहरूलाई मुद्दा नचलाउने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पत्ति तोडफोड गरेको आरोपमा उनीहरू …
पुरा पढ्नुहॊस »दिउँसो १ बजे विशेष पत्रकार सम्मेलन गर्दै कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार हिजो सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न तथा भोलि (पौष १६) को राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको हो । पुस १२ गतेदेखि बसेको बैठकले राष्ट्रियसभामा उम्मेदवार छनोटमा मापदण्ड तय …
पुरा पढ्नुहॊस »कस्तो छ आजको मौसम ?
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा …
पुरा पढ्नुहॊस »