संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन

काठमाडाैं । संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा हरिसिद्धि अस्पताल ललितपुरमा निधन भएको हो। उनी थाइराइट क्यान्सरबाट पीडित थिइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार सुनुवार पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिइन् । २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य पदको निर्वाचनमा रामेछापबाट उम्मेदवार बनेकी सुनुवार झिनो मतान्तरले पराजित भएकी थिइन् । बहुदलीय व्यवस्था पछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न रहिन् र उक्त पार्टीबाट ०६४ को संविधानसभामा समानुपातिक तर्फबाट सदस्य निर्वाचित भएकी थिइन् ।

सुनुवारले राप्रपाको केन्द्रीय सदस्यको रुपमा समेत केही अवधि कार्य गरिन् । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राजपरिषद् स्थायी समिति सदस्य रहेकी सुनुवार रामेछाप जिल्लाको अनुगमन समितिकी संयोजकसमेत रहेकी थिइन् ।

सुनुवारको शव आइतबार राप्रपाको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि सुनुवार परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएका छन् । सुनुवारका श्रीमान् र ३ छोरा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस