भालुवाङ दुर्घटनाका चालक भन्छन्- चक्का नमोडिएपछि बस राप्तीमा खस्यो

काठमाडौं । शुक्रबार राथि राप्ती नदीमा खसेको बसका चालकले चक्का नमोडिएपछि बस नदीमा खसेको बताएका छन् । सल्यान त्रिवेणी गाउँपालिका ४ का २८ वर्षीय लाल बहादुर नेपालीले मोड्ने बेला चक्का नघुमेपछि बस पुलबाट नदीमा खसेको बताएका हुन् ।

चालक नेपालीले प्रहरीसँगको बयानमा बसको सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बताएका दाङका डिएसपी जनक मल्लले जानकारी दिए । दुर्घटनापछि सामान्य घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको हो । यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको नमस्ते यातायातको भे१ख ३९१२ नम्बर बस दाङको भालुबाङस्थित राप्ति नदीमा खसेको थियो । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने २२ घाइते छन् ।

यो पनि : नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस राप्तिमा खस्दा १२ जनाको मृत्यु

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस