कुटिए दुई मेनपावर व्यवसायी

काठमाडौं । संघीय राजधानी काठमाडौंमा दुई जना वैदेशिक रोजगार व्यवसायी कुटिएका छन् । टोखा नगरपालिका-५ बसुन्धारास्थित अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली र टोखा-७ मा रहेको बोन मेनपावर प्रालिका सञ्चालक युवराज रेग्मी कुटिएका हुन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी  एशोसिएसनका पूर्वकार्यसमिति सदस्यसमेत रहेका खोखालीका नाकको हड्डी भाँचिएको र अनुहार तथा शरीरका विभिन्न भागमा चोट रहेको छ । अर्का व्यवसायी रेग्मी पनि घाइते छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विज्ञप्ति जारी गर्दै सरकारसँग व्यवसायीको जीउधनको सुरक्षाको माग गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले विज्ञप्ति जारी गर्दै  वैदेशिक रोजगारका क्रममा कुनै समस्या आए वा समस्या समाधानका क्रममा व्यवसायीबाट कुनै गल्ती भएमा त्यस उपर न्यायका लागि  वैदेशिक रोजगार विभागमा उजुरी गर्ने, छलफल गर्ने, विदेशबाट कामदार झिकाउनेलगायतका काम गर्नुपर्नेमा पीडित संस्थाको नाममा गुण्डागर्दी गरेर कुटपिट गर्नु अत्यन्तै आपत्तिको विषय भएको बताएका छन् ।

संघले व्यवसायीहरुमाथि कुटपिट बढेको भन्दै सुरक्षाको प्रत्याभूति नभए पेशा व्यवसाय सञ्चालन गर्न नसकिने बताएको छ । संघले व्यवसायीमाथि आक्रमण गर्ने संस्थामाथि पनि कानूनी कारबाहीको माग गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस